खोटाङबाट मन्त्री राई मात्र उम्मेदवार सिफारिस  « Khabarhub

खोटाङबाट मन्त्री राई मात्र उम्मेदवार सिफारिस 


१२ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

जिल्ला कमिटीको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एवं पोलिटव्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ ।

प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेकपा एसले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ११ : ४० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको