विभिन्न स्थानमा अवैध लागूऔषधसहित ८ जना पक्राउ  « Khabarhub

विभिन्न स्थानमा अवैध लागूऔषधसहित ८ जना पक्राउ 


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं, कास्की र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका–११ का ३३ वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई शनिबार पक्राउ गरिएको हो ।

श्रेष्ठको साथबाट प्रहरीले चरेस १ सय ७० ग्राम, पोल्यान्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तोल, १ थान डिजिटल तराजु, ४ थान घडी, २ थान मोबाइल र नगद १४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई उनकै डेराबाट लागूऔषधसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–७ राधाकृष्ण मार्गबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने बाँके घर भएका २९ वर्षीय बिशाल राना छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले  डाईजापाम ६० एम्पुल, फेनरागन ६० एम्पुल र नुरफिन ६० एम्पुल बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले रानालाई उनकै कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४१ वर्षीय अमर राई लगायत छन्।

उनीहरूको साथबाट प्रहरीले गाँजा १ केजी, ट्रामोल १ हजार क्याप्सुल र स्पासपेन १ हजार ट्याबलेट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी धरान उपमहानगरपालिका–१० बिशाल पथबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय शिशिर श्रेष्ठ लगायत छन् ।

उनीहरूको साथबाट ट्रामोल १ हजार १ सय क्याप्सुल, स्पासपेन २ सय ५० ट्याबलेट र नगद १ लाख १३ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔष र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १२ : २६ बजे

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ ।