‘गठबन्धनको ध्यान सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित’ « Khabarhub

‘गठबन्धनको ध्यान सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित’


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरी निर्वाचनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै ओलीले नागरिकता लगायतका विषयमा एमालेप्रति गठबन्धन दलले भ्रम छर्ने प्रयास गरेको भन्दै भ्रमहरूलाई चिर्दे बहुमत आउने गरी निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन्।

मधेस लगायतका क्षेत्रमा नागरिकताका विषयमा एमालेप्रति भ्रम सिर्जना गर्न खोजिएको र जन्मसिद्धका आधारमा नागरिकता दिनुपर्नेमा एमालेको कुनै आपत्ति नरहेको उनले बताए।

ओलीले मुलुकमा देखिएको आर्थिक लगायतका समस्याहरूलाई समाधान गर्नका लागि एमाले सरकारमा आउनै पर्ने धारणा राखे। उनले अहिले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुट्ने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित भएको जिकिर गरे। यसअघि एमाले सरकारले अघि सारेका राम्रा कार्यहरूलाई वर्तमान सरकारले रोक्ने काम गरेको भन्दै एमालेका राम्रा कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने उनले बताए ।

मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि एमालेले उचित नीति बनाउनुपर्ने र आगामी निर्वाचनको घोषणापत्र पार्टीको मात्रै नभएर देशको भविष्य कोर्ने मार्गचित्र हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले दराजमा थन्किएका एमालेका राम्रा नीतिहरूलाई कार्यान्वयन गर्न सबै नेता कार्यकर्ता गम्भीर हुनुपर्ने धारणा राखे।

बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी र ३४ सदस्यीय केन्द्रीय निर्वाचन सचिवालय गठन गर्ने निर्णय गरेको छ भने प्रदेश, जिल्ला, पालिका, वडा र बुथसम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ३ : ३२ बजे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन