सुस्ताएको कुश्मालाई उठाउने ‘यान्त्रिक पुल’ « Khabarhub

सुस्ताएको कुश्मालाई उठाउने ‘यान्त्रिक पुल’


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मा- पर्वतका गाउँ गाउँमा मोटरबाटो पुगेको छ । उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ । स्थानीय सरकार आएपछि प्रशासनिक कामका लागि गाउँबाट सदरमुकाम कुश्मा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यहाँको व्यापार व्यवसाय फस्टाएको छ । व्यवसायी विभिन्न विकल्प खोज्दै छन् ।

व्यापार व्यवसायलाई अघि बढाउन पाँच सयभन्दा बढी व्यवसायी तथा स्थानीयले बागलुङको बलेवा र कुश्मालाई जोड्न केबलकार मोडेलको यान्त्रिक पुल सञ्चालनमा ल्याएका छन् । यसले सुस्ताएको कुश्मालाई जुरमुराउने काम गरेको छ । सदरमुकाम कुश्मा र दक्षिणी बागलुङका दर्जन बढी गाविसलाई जोड्ने काम यही यान्त्रिक पुलले गरेको छ । पर्वत उद्योग वाणिज्य सङ्घको अग्रसरतामा कालीगण्डकीको खोँच माथि करिब रु पाँच करोड खर्चेर निर्माण गरिएको उक्त पुलमा दैनिक तीन सयभन्दा बढी यात्रु आवतजावत गर्दै आएका छन् ।

“हामीले बागलुङ र पर्वतलाई जोड्न यान्त्रिक पुलको निर्माण गरेका हौँ”, बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने, “सङ्घीयता आइसकेपछि पर्वतको व्यवसाय धराशायी बन्दै गएका बेला यहाँको व्यवसाय चलायमान बनाउन पुलले महत्त्वपूर्ण काम गरेको थियो ।”

दक्षिणी बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा ल्याइन्छ । खाद्यान्न कुश्माबाट बागलुङतर्फ लैजाने गरिन्छ । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पुर्‍याएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा, रोजगारीलगायतमा पनि यसले सहजता प्रदान गरेको छ ।

“बागलुङको दक्षिणी भेगका बासिन्दाका लागि पुल निकै लाभदायिक सावित भएको छ”, यान्त्रिक पुल चढ्दै गर्दा भेटिनुभएका बलेवाका गोविन्दप्रसाद सिग्देलले भने, “हाम्रा छोराछोरी कुश्माको विद्यालयमा पढ्न जान्छन् । यहाँबाट रोजगारीका लागि कुश्मा जाने पनि धेरै छन् । पुलले भूगोल मात्र नभई पर्वत र बागलुङका बासिन्दाको मन पनि जोडेको छ ।”

दक्षिणी बागलुङ क्षेत्रका नारायणस्थान, अमलाचौर, कुश्मिशेरा, दमेक, सर्कुवा, पैँयुन्थापलगायतका स्थानीयलाई बागलुङ बजार पुग्नुभन्दा कुश्मा आउन सहज हुने गरेको छ । उनीहरू पोखरा र काठमाडौँ जाँदासमेत यान्त्रिक पुलकै प्रयोग गरी कुश्मा आएर गाडी चढ्ने गर्छन् । प्रशासनिकबाहेक अन्य कामका लागि पनि उनीहरू कुश्मा नै आउने गरेका छन् ।

बागलुङको दक्षिणी भेगका स्थानीयलाई घण्टौँ लगाएर भिरको बाटो भएर कुश्मा आइपुग्नुपर्ने बाध्यता अब हटेको छ । त्यहाँका बासिन्दालाई भाडा दरमा सहुलियतसमेत दिइएको छ । अन्य यात्रुले एकतर्फीको रु एक सय १३ तिर्नुपर्ने हुन्छ भने उनीहरूले रु ८५ मात्र तिरे पुग्छ ।

नेपाली प्राविधिकले बनाएको यान्त्रिक पुल नेपालकै पहिलो हो । तारको सहायतामा दुई डिब्बालाई वारिपारि गराइन्छ । एउटा डिब्बामा आठ यात्रु बस्न मिल्छ भने छ सय किलो सामान ढुवानी गर्न सकिन्छ । पछिल्लो समय यान्त्रिक पुल आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न थालेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ३ : ४३ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा