नेकपा एस जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी हो : अध्यक्ष नेपाल « Khabarhub

नेकपा एस जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी हो : अध्यक्ष नेपाल


१२ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन्।

आइतबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न गठन भएको क्रान्तिकारी पार्टी भएको बताएका हुन्।

उनले कम्युनिष्ट पार्टी जनताको निम्ति र समाजमा परिवर्तन गर्न गठन हुने भएकाले परिवर्तनका लागि जनताको हितमा काम गर्दै अघि बढ्न निर्देशन पनि दिए। त्यस्तै उनले निस्वार्थ भावनाले काम गर्न र व्यक्तिवाद हाबी हुन नदिन सुझाव पनि दिए। मंसिर ४ गते हुन लागेको निर्वाचनमा पार्टीलाई जिताउनका पार्टीको एजेण्डा लिएर जान उनले निर्देशन दिए।

अध्यक्ष नेपालले परिणाम नआएसम्म समग्र पार्टी पङ्तीको मूल ध्यान चुनावमा केन्द्रित हुनुपर्ने बताए।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ४ : ०४ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा