अटोले स्कुटरलाई ठक्कर दिँदा बालिकाको मृत्यु | Khabarhub Khabarhub

अटोले स्कुटरलाई ठक्कर दिँदा बालिकाको मृत्यु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- उकालोमा एक्कासि पछाडितर्फ गुडेको अटोले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार निजगढ नगरपालिका वडा नम्बर ७ की एक बालिकाको मृत्यु भएको छ । घटनामा स्कुटर चालकसहित थप २ जना घाइते भएका छन् ।

निजगढ नगरपालिका वडा नम्बर १० स्थित गुम्बा जाने पक्की सडकको उकालोमा स्थानीय वर्ष ४५ का अमरराज घिसिङले चलाएको प्रदेश २ ०३–००१ स ३२२ नम्बरको अटो एक्कासि ब्याक भएपछि पछि पछिसँगै आउँदै गरेको बागमती प्रदेश ३–०४ प ३९९७ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटरमा निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने शेखर पुलामीकी ७ वर्षीय छोरी सियाल पुलामीको मृत्यु भएको हो ।

बालकलाई पछाडि राखेर अटोको पछिपछि गुम्बातर्फ जाँदै गरेको अवस्थामा एक्कासि पछाडि गुडेको अटोले स्कुटरमा ठक्कर दिएको र बालक सियालसहित निजगढ ७ माझीटोल बस्ने बालकी फुपु सलिना पुलामी र स्कुटर चालक चितवन जिल्ला राप्ति नगरपालिका वडा नम्बर ४ घर भई हाल निजगढमा डेरा गरेर बस्दै आएका अर्जुन पाठन घाइते भएका थिए ।

घाइते बालकको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको र थप उपचारको लागि मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति ८ः२० बजे बालकको मृत भएको घोषणा गरेका थिए ।

प्रहरीले टेम्पु चालक घिसिङ, मृतक बालकी फुपु सलिना र स्कुटर चालक पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

घटनाको बारेमा घाइते र पीडित कसैले पनि प्रहरीलाई खबर नगरेपछि प्रहरीले आफ्नै पहलमा घाइते सलिना र अर्जुनलाई आज बिहान नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिब ओलीले जानकारी दिए । घाइते दुवैको अवस्था सामान्य रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ५२ बजे

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र