नेपालले केन्यालाई ४ विकेटले हरायो « Khabarhub

नेपालले केन्यालाई ४ विकेटले हरायो


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले केन्यालाई तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ विकेटले पराजित गरेको छ । आजको जितसँगै नेपाल पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ ।

केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्याे । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे । आदिल आलमले १६ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो । डेब्युटान्ट अर्जुन साउद र पवन सराफले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे । पवन सर्राफले १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० रन मात्र बनाए ।

आसिफ शेखको स्थानमा खेल्दै डेब्यु गरेका युवा विकेटकिपर ब्याटर अर्जुन साउदले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४२ रनको साझेदारी गरे । अघि बढेर खेल्न खोज्दा उनी ११औ ओभरमा बोल्ड भए । अर्जुनले ३१ बल खेल्दै २ चौका र ३ छक्काकाे मद्दतमा ३५ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले ५ बलमा ६ रन मात्र जोडे । ज्ञानेन्द्र र रोहितले चौथो विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । रोहितले १८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २९ रन बनाए । अर्धशतकबाट चार रनले चुकेका ज्ञानेन्द्रले ४१ बल खेल्दै ४ चौका र १ छक्काकाे मद्दतमा ४६ रन बनाए । आक्रामक ब्याटिङ गरेका आदिल आलमले ७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाए । ठूलो सट हान्ने चक्करमा आदिल आउट भएका थिए । आरिफ शेखले अविजित ४ रन बनाए ।

केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २/२ विकेट लिए । त्यसअघि राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको थियो । यो जोडीले तेस्रो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्काकाे मद्दतमा अविजित ७३ रन बनाए ।

यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो । पावर प्ले मा नेपालले केन्याका दुवै ओपनरलाई आउट गरेपनि पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । कोलिन्स ओबुया १४ र सुकदिप सिंह ८ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामी र बदिल आलमले एक/एक विकेट लिए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : ३३ बजे

रुसले भन्यो- क्युबामाथि अमेरिकाको आर्थिक दबाब स्वीकार्य छैन

काठमाडौं – रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि