हेटौंडामा मोटरसाइकल दुर्घटना, सैनिक जवानको मृत्यु | Khabarhub Khabarhub

हेटौंडामा मोटरसाइकल दुर्घटना, सैनिक जवानको मृत्यु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।

पूर्व–पश्चिम सडकखण्डको हेटौँडा–९ मा हेटौँडाबाट बारातर्फ जाँदै गरेको ग२२प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना४ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोकिएर दुर्घटना हुँदा बाइकमा सवार विक गम्भीर घाइते भएकी थिइन् ।

घाइते विकको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । मृत्यु भएकी विकका श्रीमान् २९ वर्षीय आदर्श विकको भने हातमा सामान्य चोट लागेको छ ।

विककै ५ वर्षीय छोरा आशिक विकको पनि टाउकोमा सामान्य चोट लागेको छ । घाइते आदर्श र आशिकको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६