सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिए « Khabarhub

सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिए


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ५५ हजार सात सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए ।

स्थानीय तहको निर्वाचनपश्चात नयाँ मतदाताहरूका लागि यही असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन मिति तोकेपछि २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो ।

असार १ गतेदेखि साउन २० गतेसम्ममा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट विवरण सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । थप भएकासहित आउँदो निर्वाचनका लागि सिन्धुपाल्चोकमा कूल मतदाताको सङ्ख्या दुई लाख ६१ हजार छ सय १७ पुगेको निर्वाचन अधिकारी रिजालले जानकारी दिए ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दुई वटा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र चार वटा रहेको छ । त्यसमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ६७ हजार एक सय ७६ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा ९ख० मा ६४ हजार दुई सय ५९ जना मतदाता रहेका छन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ९क० मा ६३ हजार तीन सय ८० जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ६६ हजार आठ सय दुई मतदाता रहेका छन् । आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भएका र फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका नागरिकहरूले मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन अधिकारी रिजालले जानकारी दिए ।

मतदाता नामावली प्रति दावीविरोध भएमा त्यसको छानबिन गरिने उहाँको भनाइ छ । मतदाता नामावली अद्यावधिकपश्चात हाल कायम भएका मतादाता सङ्ख्यामा थपघट हुने उहाँले जानकारी दिए। सिन्धुपाल्चोकको १२ स्थानीय तहमा हाल एक सय ४४ मतदान स्थल र तीन सय १६ वटा मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : १५ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ