रेबिजको लक्षण देखिएको १० दिनभित्र मृत्यु हुन्छ | Khabarhub Khabarhub

विश्व रेबिज दिवस

रेबिजको लक्षण देखिएको १० दिनभित्र मृत्यु हुन्छ

रेबिजले ज्यान गुमाउनेमा ४० प्रतिशत बालबालिका छन्



काठमाडौँ : पशुबाट मानिसमा सर्ने रोग हो, रेबिज । चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू स्याल, ब्वाँसो, फ्याउरो आदी जनावरहरूमा उत्पन्न हुन्छ । घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ । यो रोग प्राय कुकुरको टोकाइबाट मानिसमा सर्छ ।

यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई पानीबाट डराउने रोग वा हाइड्रोफोबिया पनि भनिन्छ । रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ । रोगी जनावरको र्‍यालद्वारा घाउ मार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४ मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए ।

त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ । त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो ।

रेबिजको जोखिम र संक्रमण
सन् २०१५ मा रेबिजको कारणले विश्वभरि १७,४०० मानव मृत्यु भएको थियो । रेबिजबाट हुने मानव मृत्युको ९५५ अफ्रिका र एसियाबाट रहेका छन् ।

यो रोग लागेका लगभग ४०५ बालबच्चाहरू १५ वर्ष मुनिका उमेरका रहेका छन् । रेबिज १५० भन्दा बढी देशहरूमा र अन्टार्कटिका बाहेक सबै महादेशमा देखा परेको छ । रेबिज देखा परेको क्षेत्रमा विश्वको ३ अर्ब भन्दा अधिक मानिसहरू बसोबास गर्छन् ।

अस्ट्रेलिया र जापानसहित पश्चिम युरोपमा धेरै देशहरूमा कुकुरमा रेबिज देखिएको छैन । धेरै प्रशान्त टापुहरूमा रेबिज छैन । स्तनधारी वर्गका यी जनावर, जसलाई लाईसा नामक भाइरसको सङ्क्रमण छ ।

त्यस्ता जनावरले टोकेमा वा कुनै आलो घाउमा चाटेमा पनि मान्छेलाई रेबिजको सङ्क्रमण हुन्छ । मान्छेमा रेबिजको लक्षण देखिन जनावरले टोकेको केही महिनादेखि लिएर केही वर्षसम्म पनि लाग्न सक्छ ।

यो कुरा कुन जनावरले टोकेको कुन ठाउँमा टोकेको कति ठाउँमा टोकेको र लुगा माथिबाट टोकेको वा नाङ्गो छालामा टोकेको जस्ता कुरामा भर पर्दछ ।

गाई, भैंसी, भेँडा, बाख्रा, घोडा, गधा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्न सक्छ । स्तनधारी प्राणी र चराहरूले आफ्नो शरीरको तापक्रमलाई बाह्य वातावरण अनुसार सँधै सन्तुलनमा राख्ने भएकोले भाइरसलाई अनुकुल अवस्था उत्पन्न हुन्छ ।

तर सर्प, माछा जस्ता जीवहरूमा यो क्षमता नहुने भएकोले उनीहरूमा लाईसा भाइरसको असर रहदैन ।  त्यस्ता जीवहरू यो रोगबाट मुक्त हुन्छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरूसँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ ।

रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ । रेबिज रोग लागेको कुकुर तथा मान्छे बहुलाउने गर्दछ ।

रेबिजका मुख्य लक्षण
रोग लागेको जनावरहरूमा देखिने मुख्य लक्षण भनेको उत्तेजना हो । धेरै चनाखो हुने, छट्पटीने, विना कारण कराउने, सिङ्गले भित्तामा ठोकी रहने, नउग्राउने, निल्न नसक्ने, र्याल काढी रहने, आँखा राता देखिने र अरु स्वास्थ पशु भन्दा भिन्नै लक्षणहरु देखाउने रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनी लुकाएर हिँड्दछ ।

यस्तो कुकुरलाई अरु कुकुरहरूले देखेमा भुक्छन् । रोगी कुकुर पनि भुक्न खोज्छ । तर सास सुकेको हुन्छ । भुक्दा सास आँउदैन । रेबिज रोग लागेको कुकुरले मुखबाट र्‍याल फाल्दै हिँडेको देखिन्छ ।

रेबिज रोग लागेको मान्छे पानीबाट डराउँछ । रेबिज रोगको असर दिमागमा पर्ने भएका कारण रोगी चिच्याउने, अरु मानिसहरूलाई चिथोर्ने, कोर्ने, जस्ता कामहरू गर्छ। लक्षणहरू रोगको तीन अवस्था अनुसार देखा पर्दछन् ।

संक्रमणपछिको अवस्था
रेबिजको पहिलो अवस्था, टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ भने बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

दोस्रो अवस्था, चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने । जोसँग र जे गर्दा पनि रिसाउने, पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तिर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था, र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ ।

रेबिज रोगको असर
रेबिज रोगको असर दिमागमा पर्छ । यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुन सक्छ । अर्का सरुवारोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाका अनुसार रेबिज रोग लागेको कुकुर, रोग देखा परेको १४ दिन भित्र मर्छ ।

रेबिजको लक्षण देखिएपछि व्यक्ति तीनदेखि १० दिनभित्रमा शत प्रतिशत मर्दछन् । उनका अनुसार विश्वमा अहिलेसम्म रेबिज लागेकामध्ये एक जनामात्र बाँचेको पाइएको छ ।

विश्वमा रेबिजको वर्तमान अवस्था
ग्लोबल अलायन्स फर रेबिज कन्ट्रोल अध्ययनका अनुसार प्रतिवर्ष विश्वमा ५९ हजार मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ । त्यीमध्ये ४० प्रतिशत बालबालिका हुने गर्छन् ।

उक्त संस्थाका अनुसार विशेषगरी अफ्रिका र एशियाका स्वास्थ्य तथा भेटरिनरी सेवा नपुगेका ग्रामीण क्षेत्रमा धेरैलाई रेबिज लाग्ने गरेको छ ।
रेबिजका कारण लाखौँ कुकुर र अन्य जनावरको मृत्यु हुने गर्छ । रेबिजको डरले कैयौँ जनावरहरूलाई मारिने गरेको विवरण पनि पाइन्छ ।

धेरैजसो विकसित देशहरूले घरपालुवा कुकुरमा रेबिज उन्मूलन नै गरिसकेका छन् । तर नेपालजस्ता विकासोन्मुख देशहरूमा अझै पनि कुकुरमा रेबिज उन्मूलन नहुँदा त्यसबाट मानवमा सर्ने र मृत्यु हुने क्रम जारी रहेको विज्ञले बताएका छन् ।

रेबिजबाट बच्न के गर्ने ?
रेबिजबाट बच्नका लागि कुकुर वा अन्य कुनै पनि घरपालुवा तथा जङ्गली जनावरले टोकेमा लगत्तै उक्त रोगविरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

त्यसो गर्दा ‘इन्क्यूबेशन’ कालमै भाइरस नष्ट हुने र रेबिज लाग्ने सम्भावना न्यून हुन्छ । पशुमा वा मानिसमा एक पटक रेबिज सङ्क्रमण भइसकेपछि चाहिँ त्यसको उपचार सम्भव नभएको डाक्टर पुनले बताए ।

रेबिजबाट बच्नका लागि कुनै पनि जनावरले टोकेपछि एन्टिरेबिज भ्याक्सिन दिनुपर्ने उनी बताउँछन् । ‘त्यस्तो खोप सकेसम्म टोकेको दिन, तेस्रो दिन र सातौँ दिन लगाउनुपर्छ, त्यसका अतिरिक्त घाउको प्रकृति हेरेर ’इम्यूनोग्लोब्युलिन’ पनि दिनुपर्ने हुन्छ,’ उनले भनेका छन् । घाउमा लगाइने उक्त खोपको भने एक मात्रा मात्र दिँदा पुग्छ ।

रेबिज खोप नेपालमै उत्पादन
मानिसमा लगाउने रेबिजविरुद्धको खोप पहिले नेपालमै उत्पादन हुने गरेकोमा नयाँ प्रविधिको खोप आएपछि सन् २००६ देखि त्यसको उत्पादन बन्द भएको छ । तर कुकुरमा लगाइने रेबिजको खोप अहिले पनि उत्पादन भइरहेको छ ।

राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख डा. माधव दाहालका अनुसार हाल नेपालमा सरकारी स्तरबाट वार्षिक एक लाख साठी हजार मात्रा त्यस्तो खोप उत्पादन भइरहेको छ ।

तर अहिले यसलाई निःशुल्क अभियान चलाएर लगाइएको छैन, घरपालुवा कुकुर हुनेले बजारमा उपलब्ध गराएको खोप किनेर लगाउनुपर्ने अवस्था छ । विभिन्न गैरसरकारी संस्थाहरूले स्थानीय सरकारसँग मिलेर सामुदायिक कुकुरहरूलाई रेबिजविरुद्ध खोप अभियान चलाउने गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : १२ बजे

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले