विश्व इतिहासमा आजः कर्नल रोनाल्ड म्याकेन्जीको युद्ध शिविरमा छापा देखि  ‘फाल्कन १’ को प्रक्षेपण सम्म  « Khabarhub

विश्व इतिहासमा आजः कर्नल रोनाल्ड म्याकेन्जीको युद्ध शिविरमा छापा देखि  ‘फाल्कन १’ को प्रक्षेपण सम्म 


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल असोज १२ गते बुधबार । सन् २०२२ को सेप्टेम्बर २८ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००८ सेप्टेम्बर २८ मा निजी अन्तरिक्ष यान कम्पनी स्पेस एक्सले ‘फाल्कन १’ प्रक्षेपण गरेको थियो । यो स्पेस एक्सको चौथो प्रयास थियो । 

सन् १९८० सेप्टेम्बर २८ मा कार्ल सागनको ‘कसमोसः अ पर्सनल भोयेज’ ले आफ्नो डेब्यू गरेको थियो । १३ एपिसोडको साइन्स टेलिभिजन डक्युमेन्ट्री सिरिज पब्लिक ब्रोडकास्टिङ सर्भिसबाट प्रसारण भएको थियो । 

सन् १९२८ सेप्टेम्बर २८ मा लन्डनको सेन्ट मेरिज अस्पतालमा सर एलेक्जेन्डर फ्लेमिङले ‘पेनिसिलिन’ पत्ता लगाएका थिए । पेनिसिलिनको खोजसँगै एन्टिबायोटिक बन्यो र ब्याकटेरिया संक्रमणका कारण हुने मृत्युको संख्या पनि घटेको थियो ।

सन् १९१३ सेप्टेम्बर २८ मा मिसिसिपीको ह्यारिस्टनमा भएको रेस दंगामा १० जना मानिसको मृत्यु भएको थियो । 

सन् १९०४ सेप्टेम्बर २८ मा न्यूयोर्कको फिफ्थ एभिन्यूमा एक महिलालाई चुरोट पिएको कारण पक्राउ गरिएको थियो । 

सन् १९०१ सेप्टेम्बर २८ मा टेलिभिजन प्रस्तोता एड सुलिवनको जन्म भएको थियो । सुलिवन ‘द टोस्ट अफ द टाउन’ नामक टेलिभिजन कार्यक्रमको लागि प्रसिद्ध छन् ।

सन् १८७४ सेप्टेम्बर २८ मा टेक्सासमा भएको पालो डुरो क्यान्यनको दौरान ‘कमान्छे’ र ‘कायोवा’ स्थित युद्ध शिविरमा कर्नल रोनाल्ड म्याकेन्जीले छापा मारेका थिए । 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ३७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ