देशको बजेट बराबरकै होटल क्षेत्रलाई मान्यता छैन | Khabarhub Khabarhub

देशको बजेट बराबरकै होटल क्षेत्रलाई मान्यता छैन

‘कोभिडले दुई वर्षमा आम्दानी शुन्य, बैंकले रुखो व्यवहार गर्‍यो’


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटनको कुरामा हामी साँढे दुई वर्ष थलिएर अहिले केही अगाडि बढ्ने सम्भावना उजागर भएको छ । यसका लागि हामीले सहयोग त हरेक क्षेत्र संघ संस्थाबाट पायौँ । तर खोजेको जस्तो अपेक्षाकृत प्रतिफल पाउन सकेनौँ ।

यो दुई वर्षमा हाम्रो आम्दानी शून्य भयो । हामीले केही गर्न सकेनौँ । तर हाम्रो सावा तिर्न सक्ने अवस्था नभए पनि तिर्नु पर्दछ । बजेट मौद्रिक नीतिले, सरकारले असार मसान्तसम्म केही राहत दिएको थियो । तर अहिले नयाँ नीति आएको छ ।

बैंकले नै एकदम रुखो व्यवहार गर्ने गरेको छ । हाम्रो कुराहरू सरकारमा र नेपाल राष्ट्र बैङ्कमा राखेका छौँ । तर सुनवाई नै भएको छैन । हामी टिक्न नै सकेनौँ भने कसरी अगाडि बढ्ने त ?
हामीसँग ‘इन्क्याइरीहरु’ राम्रो छ । आन्तरिक पर्यटनले पनि साथ दिएको छ । अहिले चिनियाँ पर्यटकहरू आउन रोकिएको छ । उनीहरू आउन दिने हो भने हामी पूर्ववत् अवस्थामा आउन सक्छौँ । यो अवस्थामा हिम्मत नहारी हामी अगाडि गएका छौँ ।

कोभिड भन्दा अगाडि सबैतिर आर्थिक समस्या भएका कारण लाखौँको सङ्ख्यामा आउने पर्यटकहरू हजारौँमा झरेका छन् । उहाँहरूलाई कसरी हामीले आकर्षण गर्ने भनेर प्रतिस्पर्धा गर्नु पर्दछ ।
कोभिडको बेलामा पनि नयाँ होटेलहरू एक पछि अर्को थपिएपछि हाम्रो १८ वटा पाँच तारे होटेल छन् । यो राम्रो पक्ष हो । यो देशमा पर्यटनको सम्भावना व्यापक छ । तर हामी त्यसमा कसरी टिक्ने त ?

हामीले एउटा अध्ययन गरेका थियौँ । त्यो अध्ययन अनुसार नेपालमा आउने पर्यटकहरू जो उहाँहरूले १००० डलर खर्च गर्नु भयो भने उहाँहरूको ६० प्रतिशत झन्डै ६०० डलर इएरफेरमा खर्च हुन्छ ।

हामीले दिल्लीबाट अमेरिका जाने जुन मूल्य हो । त्यो नेपालबाट गयो भने झन्डै ६० प्रतिशत फेयर हुन्छ । यसमा पनि सरकारले हेर्नु पर्दछ ।

काम सरकारले गर भनेर नदिएसम्म हामी केही गर्न सक्दैनौँ । कर तिर्नु पर्ने दायित्व हाम्रो हो । तर सबै दोष व्यवसायीलाई दिएको छ । टुरिजममा एउटा टुरिस्ट नेपालमा आयो भने उसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा ११ जना बराबर रोजगार सिर्जना गर्दछ, भनिएको छ ।

देश अहिले आर्थिक सङ्कटमा छ । हामीले १०० जना पर्यटक ल्यायौँ भने डेढ करोड आउँछ । यसमा सरकारले ध्यान लिएको छैन ।

नेपालमा अहिले पनि पर्यटन उद्योग सेवा व्यापार मात्र हो, औद्योगिक रूपमा गणना गरिँदैन । होटेल क्षेत्रमा झन्डै १५ खर्बको लगानी छ । झन्डै देशको बजेटको आकारको लगानी गर्ने उद्योगलाई त्यो अनुसारको मान्यता दिएको छैन ।

अहिले विदेशी मदिराहरूको इन्पुट बन्द गरिएको छ । त्यसमा हामी सबैले त्यसमा साथ दिनु पर्दछ । हामी होटेल रेस्टुरेन्टहरूले बाहिरबाट आएका मानिसहरूले त त्यही अनुसारका बियर हुस्किहरु खोज्छन् । त्यो नदिँदा उनीहरू नेपाल किन आउँछन् ?

खुला सिमाना भएको कारण इन्डियाबाट आएको छ, त्यसबाट सरकारले राजस्व पनि गुमाएको छ । विकृति पनि सिर्जना भएको छ । त्यसैले यसको लागि हामी सबै बसेर छलफल गरौँ । फाइदा भयो भने गरौँ, नभए बन्द गरौँ भनेर भनौँ ।

(खबरहबले आयोजना गरेको ‘नेपालमा पर्यटन विकास बहस’ कार्यक्रममा होटल एशोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले राखेको धारणाको सम्पादित अंशः)

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ५१ बजे

विश्व नेताहरू फ्रान्सिसको अन्त्येष्टिमा उपस्थित हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसम्मका

बेगनास तालमा सशस्त्र प्रहरीको कम्युनिटी सर्च एन्ड रेस्क्यु अभ्यास 

पोखरा– बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद्

भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी

रोबर्टो कार्लोस : ‘फरवार्ड’बाट झरेर ‘लेफ्ट–ब्याक’बनेका सर्वकालीन महान् फुटबलर

काठमाडौं – फुटबलका लिजेण्ड रोबर्टो कार्लोस । उनको जन्म १०

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति