देशको बजेट बराबरकै होटल क्षेत्रलाई मान्यता छैन « Khabarhub

देशको बजेट बराबरकै होटल क्षेत्रलाई मान्यता छैन

‘कोभिडले दुई वर्षमा आम्दानी शुन्य, बैंकले रुखो व्यवहार गर्‍यो’


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटनको कुरामा हामी साँढे दुई वर्ष थलिएर अहिले केही अगाडि बढ्ने सम्भावना उजागर भएको छ । यसका लागि हामीले सहयोग त हरेक क्षेत्र संघ संस्थाबाट पायौँ । तर खोजेको जस्तो अपेक्षाकृत प्रतिफल पाउन सकेनौँ ।

यो दुई वर्षमा हाम्रो आम्दानी शून्य भयो । हामीले केही गर्न सकेनौँ । तर हाम्रो सावा तिर्न सक्ने अवस्था नभए पनि तिर्नु पर्दछ । बजेट मौद्रिक नीतिले, सरकारले असार मसान्तसम्म केही राहत दिएको थियो । तर अहिले नयाँ नीति आएको छ ।

बैंकले नै एकदम रुखो व्यवहार गर्ने गरेको छ । हाम्रो कुराहरू सरकारमा र नेपाल राष्ट्र बैङ्कमा राखेका छौँ । तर सुनवाई नै भएको छैन । हामी टिक्न नै सकेनौँ भने कसरी अगाडि बढ्ने त ?
हामीसँग ‘इन्क्याइरीहरु’ राम्रो छ । आन्तरिक पर्यटनले पनि साथ दिएको छ । अहिले चिनियाँ पर्यटकहरू आउन रोकिएको छ । उनीहरू आउन दिने हो भने हामी पूर्ववत् अवस्थामा आउन सक्छौँ । यो अवस्थामा हिम्मत नहारी हामी अगाडि गएका छौँ ।

कोभिड भन्दा अगाडि सबैतिर आर्थिक समस्या भएका कारण लाखौँको सङ्ख्यामा आउने पर्यटकहरू हजारौँमा झरेका छन् । उहाँहरूलाई कसरी हामीले आकर्षण गर्ने भनेर प्रतिस्पर्धा गर्नु पर्दछ ।
कोभिडको बेलामा पनि नयाँ होटेलहरू एक पछि अर्को थपिएपछि हाम्रो १८ वटा पाँच तारे होटेल छन् । यो राम्रो पक्ष हो । यो देशमा पर्यटनको सम्भावना व्यापक छ । तर हामी त्यसमा कसरी टिक्ने त ?

हामीले एउटा अध्ययन गरेका थियौँ । त्यो अध्ययन अनुसार नेपालमा आउने पर्यटकहरू जो उहाँहरूले १००० डलर खर्च गर्नु भयो भने उहाँहरूको ६० प्रतिशत झन्डै ६०० डलर इएरफेरमा खर्च हुन्छ ।

हामीले दिल्लीबाट अमेरिका जाने जुन मूल्य हो । त्यो नेपालबाट गयो भने झन्डै ६० प्रतिशत फेयर हुन्छ । यसमा पनि सरकारले हेर्नु पर्दछ ।

काम सरकारले गर भनेर नदिएसम्म हामी केही गर्न सक्दैनौँ । कर तिर्नु पर्ने दायित्व हाम्रो हो । तर सबै दोष व्यवसायीलाई दिएको छ । टुरिजममा एउटा टुरिस्ट नेपालमा आयो भने उसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा ११ जना बराबर रोजगार सिर्जना गर्दछ, भनिएको छ ।

देश अहिले आर्थिक सङ्कटमा छ । हामीले १०० जना पर्यटक ल्यायौँ भने डेढ करोड आउँछ । यसमा सरकारले ध्यान लिएको छैन ।

नेपालमा अहिले पनि पर्यटन उद्योग सेवा व्यापार मात्र हो, औद्योगिक रूपमा गणना गरिँदैन । होटेल क्षेत्रमा झन्डै १५ खर्बको लगानी छ । झन्डै देशको बजेटको आकारको लगानी गर्ने उद्योगलाई त्यो अनुसारको मान्यता दिएको छैन ।

अहिले विदेशी मदिराहरूको इन्पुट बन्द गरिएको छ । त्यसमा हामी सबैले त्यसमा साथ दिनु पर्दछ । हामी होटेल रेस्टुरेन्टहरूले बाहिरबाट आएका मानिसहरूले त त्यही अनुसारका बियर हुस्किहरु खोज्छन् । त्यो नदिँदा उनीहरू नेपाल किन आउँछन् ?

खुला सिमाना भएको कारण इन्डियाबाट आएको छ, त्यसबाट सरकारले राजस्व पनि गुमाएको छ । विकृति पनि सिर्जना भएको छ । त्यसैले यसको लागि हामी सबै बसेर छलफल गरौँ । फाइदा भयो भने गरौँ, नभए बन्द गरौँ भनेर भनौँ ।

(खबरहबले आयोजना गरेको ‘नेपालमा पर्यटन विकास बहस’ कार्यक्रममा होटल एशोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले राखेको धारणाको सम्पादित अंशः)

 

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ५१ बजे

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद्

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि

बाढी प्रभावितलाई लक्ष्मीनिया गाउँपालिकाको ३० लाख सहयोग

जनकपुर– धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने

बाढीको सातापछि संसद्मा उभिए प्रधानमन्त्री, क्षति उद्धारको विवरण सुनाउँदै

कााठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीपछि पहिलो