कांग्रेसमा धेरै विचलन आयो की ममा कांग्रेसकै साथीहरूले जवाफ दिऊन : मिश्र « Khabarhub

कांग्रेसमा धेरै विचलन आयो की ममा कांग्रेसकै साथीहरूले जवाफ दिऊन : मिश्र


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौँदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितीमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंसा गर्दै अब सोही एजेण्डामा अझ मजबुत शैलीमा अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा उनले नेपाली नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरबार भत्काएर दिल्लीलाई केन्द्र बनाउने शैली गलत भएको बताए । उनले भने, ‘हामी आफू आफू झगडा गरौँ, राजा पनि नेपाली नागरिक नै हुन् उनीसँग पनि झगडा गर्न सकियो । तर, यहाँको राजदरबार भत्काएर नयाँ दिल्लीलाई दरबार मान्नु भएन ।’

कार्यक्रममा उनले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बुझेको पनि बताए । उनले भने, ‘अमेरिकी कुटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन् । भारतको प्राथमिकतामा नेपाल सधैँ उच्च छ । यसले के देखाउँछ भने नेपाल विश्व शक्तिको केन्द्र बनिरहेको छ । तर, हामी आफै चाही भ्रष्ट सरकार लिएर बसिरहेका छौँ । जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन् ।’ त्यही कारण नेपालमा भूराजनीतिक जटिलताहरू आइरहेको उनले बताए । यदि यहाँ द्वन्द्व चर्कियो भने कहिल्यै समाधान नहुने उनको भनाइ छ ।

उनले राजनीति सिंगो देशलाई गाइड गर्ने नीति भएको बताए । तर, यहाँ देशको राजनीति गर्ने कोही भएनन् । पेसा व्यवसाय त सबैले गरेकै होलान् तर अब देशलाई गाइड गर्ने राजनीति आवश्यक रहेको उनको भनाइ छ । उनले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउने गरेको पनि बताए । उनले भने, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस् । कांग्रेसमा कति विचलन आएको छ । यसको जवाफ कांग्रेसका साथीहरूले नै दिउँन । ’

उनले धर्मनिरपेक्षताले नेपाली समाज विकृत बनेको पनि बताए । यसमा वामवादले थप क्षति पुराएको बताए । उनले भने, ‘चामलको बोरामा राखेर बाइबल किन बाढ्ने ? पशुपति मन्दिरमै गएर बाइबल वाचन गर्नुपर्छ र ? तीन चार कक्षामा पढ्ने बालबालिकालाई किन बाइबल पढाउने ?’ उनले आफू पनि क्रिश्चियन देशमा धेरै वर्ष बसेको तर यहाँ जस्तो विचलन नपाएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : २५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल