बागमती प्रदेश प्रमुख शर्माले जारी गरे प्रदेश स्वास्थ्य सेवा अध्यादेश  « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे प्रदेश स्वास्थ्य सेवा अध्यादेश 


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २७ भदौमा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाका लागि ११ असोजमा पेस भएको अध्यादेश प्रमुख शर्माले बुधबार जारी गरेका हुन् ।

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवासम्बन्धी काम कारबाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्य मन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था सञ्चालन तथा तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५’ खारेज गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ०४ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली