बालविवाह न्यूनीकरण गर्न जुम्लामा साझा अभियान चलाइँदै    « Khabarhub

बालविवाह न्यूनीकरण गर्न जुम्लामा साझा अभियान चलाइँदै   


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान चलाइने भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले यस्तो अभियान चलाउन लागेका हुन् ।

यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सहकार्यका लागि लुज फोरमको समेत गठन गरेका छन् ।जसमा पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाईटी, सिएमसी र सांग्रिला एशोसियसनलगायतका संस्थाले बालविवाहविरुद्ध साझा अभियान सुरु गरेको पेस नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले बताए ।  उनका अनुसार कर्णाली प्रदेशमा कार्यरत २५ संस्थाको भेलाले अभियान सुरु भइसकेको छ ।

अभियानका संयोजक चेतन गिरीका अनुसार कर्णालीमा बालविवाहको दर घटेन भन्ने छ तर यसको यकिन तथ्यांक छैन । संस्थाहरूको साझा अभियानले यस विषयमा समन्वय गर्न सहयोग गर्न आवश्यक रहेको उनले बताए ।

अभियानले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिका नमुनाको रूपमा काम गर्ने भएको छ । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत जोडेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ५८ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली