युगान्डामा इबोला भाइरसको प्रकोप « Khabarhub

युगान्डामा इबोला भाइरसको प्रकोप


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला भाइरस संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

गत साता प्रकोप फैलिएको घोषणा गरेयता ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ । मध्य युगान्डाका तीन जिल्लाहरुमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

युगान्डामा देखिएको इबोलाको प्रकोपका लागि सुडान प्रजातिको भाइरस जिम्मेवार रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

डब्ल्यूएचओले युगान्डामा सन् २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप देखिएको बताएको छ ।

यसैबीच आफूहरूलाई सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुबेन्डे जिल्लामा रहेको अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आफूहरुलाई सुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ०९ बजे

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान