इरानमा हिंसात्मक प्रदर्शन जारी : ७६ जनाको मृत्यु « Khabarhub

इरानमा हिंसात्मक प्रदर्शन जारी : ७६ जनाको मृत्यु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर) ले जनाएको छ ।

मारिनेमा ६ महिला र ४ बालबालिका समेत रहेको बीबीसीले जनाएको छ । हालसम्म राजधानी तेहरानबाट उत्तरमा पर्ने गिलान र मजान्दरान प्रान्तमा मात्रै ३५ जनाको मृत्यु भएको र पश्चिमी अजरबैजान, केर्मानशाह, एलाम र कुर्दिस्तान प्रान्तमा अरु २४ जनाको मृत्यु भएको आईएचआरलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि सरकारी सञ्चार माध्यमहरुले प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् । यसका लागि प्रदर्शनकारीहरु नै जिम्मेवार रहेको इरानको सरकारले आरोप लगाएको छ ।

आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा २० जना पत्रकार पनि रहेको बीबीसीले जनाएको छ । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो ।

उत्तर पश्चिमी सेकाज सहरबाट राजधानी तेहरान भ्रमण गर्न आएकी उनलाई खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ४९ बजे

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र

तस्बिरमा हेर्नुहोस्, रास्वपाको चुनावीसभा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड 

रुकुम– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’