कञ्चनपुरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु « Khabarhub

कञ्चनपुरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको उद्घाटन गर्दै कञ्चनपुरको बेदकोट नगरप्रमुख भोजराज बोहराले ग्रामीण स्तरबाट नयाँ खेलाडी उत्पादनमा जोड दिए । “खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ ।’ उनले भने, जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो ।”

उनले खेलकुदको विकासका लागि बेदकोट नगरपालिका पनि सरोकारवाल निकायसित सहकार्य गर्न तयार रहेको बताउँदै निकट केही समयमै नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए ।

बडादसैँ तथा शुभ दीपावलीका अवसर पारेर कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगितामा महेन्द्रनगर, झलारी, दैजीलगायतका क्षेत्रका खेलाडी सहभागी छन् ।

त्यस्तै प्रतियोगिता संयोजक शेरबहादुर सिंहले प्रतियोगितामा ५० टोली सहभागी रहेको जानकारी दिए । उनले प्रतियोगितामा विजयी खेलाडीहरुलाई नगद र ट्रफीसहित पुरस्कृत गरिने बताए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई २१ हजार, द्वितीय हुनेलाई ११ हजार र तृतीय हुने टोलीलाई पाँच हजार एक सय रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : ०० बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका