कच्चा पदार्थको अभावका कारण हलेदोबाट सुगन्धित तेल निकाल्ने उद्योग सकंटमा « Khabarhub

कच्चा पदार्थको अभावका कारण हलेदोबाट सुगन्धित तेल निकाल्ने उद्योग सकंटमा


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुगन्धित तेल प्रशोधन गर्न लमजुङको सुन्दरबजारमा स्थापना भएको आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदोबाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलो हो । यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएको छ ।

हलेदोबाट तेल उत्पादन गर्न पानी र दाउरा प्रयोग गरिन्छ । पानी र दाउराको सहज आपूर्ति भए पनि मुख्य कच्चा पदार्थ हलेदो नपाएका कारण उद्योग सकंटमा परेको हो । कच्चा सामग्री सरल र सुपथ मूल्यमा पाउने आशामा सञ्चलनमा ल्याइएको उद्योगलाई आवश्यक मात्रामा हलेदोको आपुर्ति हुन नसकेको आदेय उद्योगका संचालक परमेश्वर अधिकारीले बताए ।

उनले भने, ‘पर्याप्त कच्चा पदार्थ उपलब्ध नहुँदा बाहिरबाट ढुवानी गरेर ल्याउदा महङ्गो पर्ने भएकाले उद्योगलाई राम्रोसँग सञ्चालन गर्न सकिएको छैन । यो उद्योगबाट उत्पादन हुने तेलको बजार अमेरिकामा मात्र छ ।’ हालसम्म अन्य देशका बजारमा जोडिन पाएको छैन । यस उद्योगले भविष्यमा अर्गानिक बेसार (पाउडर) उत्पादन गरी युरोपेली एवम् अमेरिकी कम्पनीमार्फत बिक्री वितरण गर्ने र देशभित्र पनि अनुसन्धान गरी विभिन्न औषधि उत्पादन गर्ने लक्ष्य लिएको संचालक अधिकारीले बताए ।

जीविकोपार्जन, उद्यमशीलता विकासका क्षेत्रमा काम गर्दे आएको संस्था च्वाईस ह्युमेनेटियन नेपालले बाँझो जमिनको उपयोग गरी रोजगारीको बढाउन सकिने र आयआर्जनको अवसर वृद्धि हुने सुझाव दिएपछि, यो उद्योगको स्थापना भएको आदेय उद्योगका संचालक अधिकारीले बताए । उनले उत्पादनलाई बजारसँग जोड्दै गाउँघरमा आयआर्जनमा सहयोग पुर्याउनु उद्योगको प्रमुख उद्देश्य रहेको समेत बताए ।

यो उद्योग ०७५ सालमा स्थापना भएको हो । हालसम्म ७० लाख रुपैयाँ लगानी भइसकेको अधिकारीले बताए । उद्योगमा वासिङ मेशिन, बोइलर मेशिन, डिस्टिलरी मेशिन, कटिङ मेशिन प्रयोग गरी हलेदोबाट तेल उत्पादन गरिन्छ । नेपालमा अन्य ठाउँमा विभिन्न किसिमका सुगन्धित तेल उत्पादन गर्ने उद्योग भए पनि हलेदोबाट तेल उत्पादन गर्ने आदेय पहिलो उद्योग भएको प्राविधिक सल्लाहाकार छवी काफ्लेले बताए ।

वर्षभरी तेल उत्पादन गर्ने गरी कच्चा पदार्थ प्राप्त भएको अवस्थामा यो उद्योगले आठ सय लिटर तेल उत्पादन गर्न सक्छ भने तीन सय टन हलेदोको खपत गर्न सक्छ । यसका लागि ५४ लाख रुपयाँको कच्चा पदार्थको आवश्यक पर्ने बताइएको छ । यो उद्योगलाई नियमित सञ्चाचालनका लागि हलेदो भण्डारण गर्नका लागि भविष्यमा एक चिस्यान केन्द्र निर्माण गर्नुपर्ने सञ्चालक अधिकारी बताउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : २४ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको