बंगलादेशमा आयोजना हुन लागेको पर्यटन प्रदर्शनीमा सहभागी हुने नेपाली टोलीको विदाई « Khabarhub

बंगलादेशमा आयोजना हुन लागेको पर्यटन प्रदर्शनीमा सहभागी हुने नेपाली टोलीको विदाई


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेको नवौं एशियन टुरिजम फेअर नामक पर्यटन प्रदर्शनीमा सहभागी हुन नेपालबाट १२ जना पर्यटन व्यवसायीहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।

कार्यक्रममा सहभागी हुन जाने व्यावसायीहरुको टोलीलाई  नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्यूत गुरागाई र महासचिव कुमारमणी थपलियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् ।

प्रदर्शनीमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नाट्टाका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले गर्नेछन् । प्रदर्शनी आगामी सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म सञ्चालन हुने नाट्टाले जनाएको छ ।

यस वर्षको कार्यक्रममा आयोजकले नेपाललाई ‘पार्टनर कन्ट्री’ को स्थान दिएको नाट्टाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनीअंतर्गत बंगलादेशस्थित नेपाली राजदूतावासले रात्रिभोजसहित नेपाल नाइट नामक कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

कोभिड–१९ को महामारीले प्रभावित पर्यटन व्यवसाय पुनः सुचारु हुन लागेको एवम् नेपालमा पर्यटन सिजन पनि सुरु हुन लागेको समयमा बंगलादेशमा आयोजना गरिने यस क्षेत्रमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ४० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र