बाढीपछि पाकिस्तानलाई विदेशी सहायता : १५ करोड डलर प्राप्त, ४ करोडभन्दा कम खर्च « Khabarhub

बाढीपछि पाकिस्तानलाई विदेशी सहायता : १५ करोड डलर प्राप्त, ४ करोडभन्दा कम खर्च


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा बाढीपीडितलाई सहयोगका लागि विदेशबाट आएको सहायता रकममा ठूलो भ्रष्टाचार भएको देखिएको छ ।

पाकिस्तानमा आएको बाढीका कारण हालसम्म १६ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने अरु कैयौँ विस्थापित भएका छन् ।

मनसुनी वर्षासँगैको बाढीबाट प्रभावितका लागि विभिन्न दातृ निकायहरुले पाकिस्तानलाई १५ करोड अमेरिकी डलर प्रदान गरेको पाकिस्तानमा राष्ट्रसंघीय मानवीय सहायता संयोजक एवम् प्रतिनिधि जुलियन हार्नेइसले जानकारी दिएका छन् ।

यद्यपि यसमध्ये केबल ३ करोड ८३ लाख डलरमात्रै बाढीपीडितको सहायताका लागि खर्च भएको उनले बताए ।

एकातर्फ मानवीय सहायताको आवश्यकता अझै बाँकी रहेको तर अर्कोतर्फ विदेशबाट आएको सहायता रकम खर्च हुन नसकेको अवस्थाले पाकिस्तानमा भ्रष्टाचारको अवस्था उजागर गरेको कतिपयको टिप्पणी छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उनले बाढी प्रभावित क्षेत्रमा उच्च स्वास्थ्य जोखिम रहेको चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ५० बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा