मेरो विजयी निर्विरोधजस्तै छ : कांग्रेस नेता बलबहादुर केसी  « Khabarhub

मेरो विजयी निर्विरोधजस्तै छ : कांग्रेस नेता बलबहादुर केसी 


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी गर्छन्। पूर्वमन्त्रीसमेत रहेका उनले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गर्छन्।

सोलुमा आफूलाई ‘विकास बहादुर’ले चिनिने बताएका उनले सोलुको विकासका लागि काम गर्दै आएकाले यसलाई निरन्तरता दिन पनि आफू निर्वाचित हुनुपर्ने बताए। यसबारे सोलुवासी जानकार रहेका उनको भनाइ छ।

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। तर, केसी आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गर्छन्। एमालेबाट राई उम्मेदवार भए पनि आफू निर्विरोधजस्तै रहेको केसीले बताए।

हालसम्म सोलुखुम्बुमा एमालेले नजितेको इतिहास रहेको बताउँदै उनले यसपटक पनि गठबन्धनकै उम्मेदवार आफू निर्वाचित हुने दाबी गर्छन्। २०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन रहेको छ।

उनी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए। सोलुखुम्बुबाट विजयी भएर ह्याट्रिक गरेका उनी यसपटक पनि निर्वाचित हुने दाबी गर्छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ५७ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार