खोटाङमा निर्वाचनका लागि सडक मर्मत गरिँदै « Khabarhub

खोटाङमा निर्वाचनका लागि सडक मर्मत गरिँदै


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खोटाङ – आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सडक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न स्थानीय सरकारलाई आग्रह गरेको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समयमा कर्मचारी आवतजावत गर्न, मतदानका सामग्री, मतपेटिका ढुवानी गर्न तथा सुरक्षा संवेदनशीलताको दृष्टिले यातायात व्यवस्था प्रणाली सहज बनाउनका लागि नगरपालिका र गाउँपालिकालाई आग्रह गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले पत्राचार गर्दै निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्नका लागि आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्न आह्वान गरेका छन्।

‘निर्वाचनलाई सरल, सहज, मर्यादित र सुरक्षित रुपले सम्पन्न गर्न सबैको कर्तव्य तथा दायित्व हुन जान्छ। आसन्न निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्न जिल्लाभित्रको यातायात व्यवस्था प्रणालीलाई सहज रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ,’ प्रशासनले पत्रमार भनेको छ, ‘त्यसैले सदरमुकामबाट हरेक पालिकाको केन्द्र र मतदान केन्द्रसम्म यातायातको सहज पहुँच पुर्‍याउन प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्नुपर्ने भए सो गरी तयारी अवस्थामा राख्ने व्यवस्था गर्न अनुरोध छ।’

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १२ : १२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर