रूसी तथा चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

रूसी तथा चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई सत्तारुढ कम्युनिष्ट पार्टीको एवम् मुलुकको राष्ट्रपतिमा ऐतिहासिक तेस्रो पटक चयन भएकोमा बधाई सन्देश पठाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनबाट चिनियाँ राष्ट्रपति सी महासचिवमा पुनः चयन भएका हुन् ।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री लाभ्रोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन भएकोमा राष्ट्रपति सी तथा पोलिटब्युरो सदस्यमा चयन भएकामा विदेशमन्त्री वाङलाई बधाई दिएको सिन्ह्वाले जनाएको छ ।

त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रुसबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउनेतर्फ आगामी दिनमा चीन लागिपर्ने बताएका थिए ।

टेलिफोन वार्ताका क्रममा उनीहरुका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : ३८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा