खेर्सनमा युक्रेनी सेनाको कारवाहीमा परी २३ रुसी सैनिक मारिएको चेचेन नेता कादिरोभद्वारा स्वीकार « Khabarhub

खेर्सनमा युक्रेनी सेनाको कारवाहीमा परी २३ रुसी सैनिक मारिएको चेचेन नेता कादिरोभद्वारा स्वीकार


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनी सेनाको कारवाहीमा २३ जना रुसी सैनिक मारिएका छन् । युक्रेनको दक्षिणी सहर खेर्सनमा युक्रेनी सेनाले गरेको कारवाहीमा अरु ५८ जना सैनिक घाइते भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ चेचेन गणतन्त्रका प्रमुख रमजान कादिरोभले यस साता भएका भएका युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएको एवम् ५८ सैनिक घाइते भएको बताएका हुन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेबाट नै रुसी पक्षले प्रायः विपक्षी तर्फ भएको हताहतीमात्र सार्वजनिक गर्दै आएको सन्दर्भमा आफ्नो पक्षतर्फ भएको क्षतिको विवरण सार्वजनिक गर्ने कादिरोभको कदमलाई निकै चासोपूर्वक हेरिएको छ ।

सामाजिक सञ्जाल टेलिग्राममा कादिरोभले एक सन्देश जारी गर्दै क्षतिबारे जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : ४५ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा