‘पत्थर जस्तो दिल’ म्युजिक भिडियो सार्वजनिक « Khabarhub

‘पत्थर जस्तो दिल’ म्युजिक भिडियो सार्वजनिक


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा चर्चित गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर प्रदान गरेका छन् । गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन् । मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ ।  

म्युजिक भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय छ । रचनाकार ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियाग्राफी तथा निर्देशनमा तयार पारिएको हो । गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’ मार्फत भिडियो सार्वजनिक भएको छ ।  

म्युजिक भिडियोमा ‘झट्ट हेर्दा तिमीलाई माया गरौँ, गरौँ भो’, ‘पत्थरजस्तो दिल मेरो नरम नरम भो’, ‘छिनेको कम्मर तिम्रो, मच्किने चाला’, ‘वैँशालु नजर ठूलै मलाई हेर्दा खेरी’, ‘तिम्रो नजिक मलाई सरौँ सरौँ भो’, ‘भेट्न तिमीलाई बेँशीतिर झरौँ झरौँ भो’लगायत बोलका गीत समावेश गरिएको छ ।

विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आउनुभएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला-साहित्यलाई अगाडि बढाउन प्रयासरत छन् । उनका दर्जनौँ गजल र कविता सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ५ : १२ बजे

कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले

कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गर्दै

शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको

गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचन लक्षित भिजन सार्वजनिक गर्दै छोराछोरी