लकडाउनको विरोधमा तिब्बतमा प्रदर्शन « Khabarhub

लकडाउनको विरोधमा तिब्बतमा प्रदर्शन


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालसँग सीमा जोडिएको दक्षिणी चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड १९ सम्बन्धी बन्देजको विरोधमा विशाल प्रदर्शन भएको छ । तिब्बतको राजधानी ल्हासामा चिनियाँ प्रशासनले लागू गरेको कोभिड १९ सम्बन्धी कठोर बन्देजको विरोधमा प्रदर्शन गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको समेत देख्न सकिने बीबीसीले जनाएको छ । अधिकांश प्रदर्शनकारी तिब्बतमा आप्रवासी मजदुरको रुपमा कार्यरत हान जातिका चिनियाँहरु रहेको जनाइएको छ ।

कोभिड १९ को संक्रमण बढेसँगै ल्हासामा तीन महिनायता लकडाउनमा छ । बुधबार दिउँसो उक्त प्रदर्शन सुरु भई अबेर रातिसम्म जारी रहेको समाचारमा जनाइएको छ ।

भिडियोमा सयौँ प्रदर्शनकारीहरु सडकमा भेला भएको देखिन्छ भने सुरक्षा अधिकारीहरुले लाउडस्पिकरमार्फत् प्रदर्शनकारीलाई शान्त रहन आग्रह गरिरहेको सुन्न सकिन्छ । ‘कृपया बुझिदिनुहोस् र फर्केर जानुहोस् ।’ लाउडस्पिकरमार्फत् अधिकारीहरुले प्रदर्शनकारीलाई आग्रह गरिरहेको भिडियोमा सुन्न सकिन्छ ।

प्रदर्शनका भिडियो चिनियाँ सामाजिक सञ्जालबाट हटाइएपछि ती भिडियोहरु ट्विटरमा अपलोड गरिएका छन् । तिब्बतमा यस्ता प्रदर्शन निकै दुर्लभ मानिन्छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ०१ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा