लकडाउनको विरोधमा तिब्बतमा प्रदर्शन « Khabarhub

लकडाउनको विरोधमा तिब्बतमा प्रदर्शन


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालसँग सीमा जोडिएको दक्षिणी चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड १९ सम्बन्धी बन्देजको विरोधमा विशाल प्रदर्शन भएको छ । तिब्बतको राजधानी ल्हासामा चिनियाँ प्रशासनले लागू गरेको कोभिड १९ सम्बन्धी कठोर बन्देजको विरोधमा प्रदर्शन गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको समेत देख्न सकिने बीबीसीले जनाएको छ । अधिकांश प्रदर्शनकारी तिब्बतमा आप्रवासी मजदुरको रुपमा कार्यरत हान जातिका चिनियाँहरु रहेको जनाइएको छ ।

कोभिड १९ को संक्रमण बढेसँगै ल्हासामा तीन महिनायता लकडाउनमा छ । बुधबार दिउँसो उक्त प्रदर्शन सुरु भई अबेर रातिसम्म जारी रहेको समाचारमा जनाइएको छ ।

भिडियोमा सयौँ प्रदर्शनकारीहरु सडकमा भेला भएको देखिन्छ भने सुरक्षा अधिकारीहरुले लाउडस्पिकरमार्फत् प्रदर्शनकारीलाई शान्त रहन आग्रह गरिरहेको सुन्न सकिन्छ । ‘कृपया बुझिदिनुहोस् र फर्केर जानुहोस् ।’ लाउडस्पिकरमार्फत् अधिकारीहरुले प्रदर्शनकारीलाई आग्रह गरिरहेको भिडियोमा सुन्न सकिन्छ ।

प्रदर्शनका भिडियो चिनियाँ सामाजिक सञ्जालबाट हटाइएपछि ती भिडियोहरु ट्विटरमा अपलोड गरिएका छन् । तिब्बतमा यस्ता प्रदर्शन निकै दुर्लभ मानिन्छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ०१ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय