अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण « Khabarhub

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सन फ्रान्सिस्को सहरमा रहेको पेलोसी निवासमा न्यान्सीका श्रीमान पउल पेलोसीमाथि आक्रमण भएको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सभामुख रहेकी पेलोसी भने आक्रमणका बेला आफ्नो घरमा नरहेको उनका प्रवक्ता ड्रु ह्यामिल्टनले जनाएका छन् । अमेरिकामा आगामी  मध्यावधि चुनाव नजिकिएसँगै सभामुखका श्रीमानमाथि आक्रमण भएको हो ।

शुक्रबार सबेरै पेलोसी निवासमा प्रवेश गरी पउलमाथि आक्रमण भएको जनाइएको छ । उनी चाँडै निको हुने अपेक्षा गरिएको सीएनएनले उल्लेख गरेको छ ।

हाल आक्रमणकारीलाई हिरासतमा लिइएको र आक्रमणको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : ०० बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा