फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्समा आएको बाढीका कारण ४२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भीषण वर्षासँगै आएको बाढीमा परी ४२ जनाको मृत्यु भएको हो ।

दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरू बिहीबार रातभरि परेको भीषण वर्षाका कारण प्रभावित भएका छन् ।

फिलिपिन्सको बङ्सामोरो अटोनोमस रिजन इन मिन्डानाओ (बीएआरएमएम) नामक स्वशासित क्षेत्रका आन्तरिक मन्त्री नागुइब सिनारिम्बोलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार नाल्गे नामक आँधीले सो क्षेत्रमा भीषण वर्षा गराएको हो ।

सो क्षेत्रका दातु ओडिन क्षेत्रमा अझै केही मानिसहरु बेपत्ता रहेका कारण खोजी कार्यलाई निरन्तरता दिइने उनले बताए ।

यद्यपि खराब मौसमका कारण हाल भने उद्धार एवम् खोजी कार्य स्थगित गरिएको र शनिबार सबेरैबाट थालिने बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : १८ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि