लमजुङमा हतियार बुझाउन अटेरी « Khabarhub

लमजुङमा हतियार बुझाउन अटेरी


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् । असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा दर्तावाला मात्रै १ हजारभन्दा बढी हतियार छन् । तर, आफूसँग भएको हतियार प्रहरी प्रशासनमा बुझाउन हतियारधनीले तत्परता देखाएका छैनन् ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रका अनुसार हालसम्म ३७ थान मात्रै हतियार हतियारधनीले बुझाएका छन् ।

स्थानीय तह निर्वाचनमा पनि प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको थियो । र उक्त समयमा ३७ वटामात्रै हतियार बुझाएको मिश्रले बताए । जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका इजाजतप्राप्त हात हतियारहरू निर्वाचनपछि फिर्ता हुने गरी २०७९ कात्तिक ५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा बुझाउन हतियार धनीहरूलाई अनुरोध गरेको थियो ।

तोकिएको समयभित्र हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । तर, नागरिकले भने प्रशासनको सूचनालाई अटेरी गरी हतियार बुझाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलले प्रशासनको सूचनालाई आधार मानी छिटोभन्दा छिटो हतियार बुझाउनुको विकल्प नरहेको बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार १ सय ९ वटा दर्तावाला हतियार छन् । यसमा हावादारी बन्दुक ६ वटा छन् । बाँकी १ हजार १ सय ३ मध्ये भरुवा ६ सय १९ र बृजलोडिङ ४ सय ८४ छन् । भरुवा बन्दुक १ सय ८५ वटा नवीकरण भएका छैनन् । बृजलोडिङ १ सय २१ वटा नवीकरण भएका छैनन् । 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : २२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने