हात्तीको आक्रमणमा घाइते भएकी महिलाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणमा घाइते भएकी महिलाको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– बारामा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगञ्ज बस्ने ५० वर्षीया शेख रुकैदाको मृत्यु भएको हो ।

बाख्रा चराइरहेकी खातुनलाई नेपाल आयल निगम अमलेखगञ्ज डिपो नजिकै रहेको पार्किङमा बिहीबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाइते रुकैदालाई सिमरास्थित अलपाइन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अल्पाइन अस्पतालमा उपचारकै क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ७ : ५६ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको