छठको तयारी सुरू (फोटोफिचर) « Khabarhub

छठको तयारी सुरू (फोटोफिचर)


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

भैरहवा – हिन्दुहरुको दोस्रो महान पर्व तिहार सकिएसँगै छठपर्वको तयारी सुरु भएको छ ।

सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ ।

कार्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाई तथा सजावटका काम भइरहेका छन, वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन् ।

छठघाटको व्यवस्थापन र सजावटको काम तीब्र गतिमा भइरहेको छ । विगतका वर्षको भन्दा पनि यस वर्ष अझ आकर्षक रुपमा छठघाटलाई सजाउने काम भइरहेको छ । छठघाटको सरसफाइ, सजावट र व्यवस्थापनमा समिति लागेको छ । काम तीब्र गतिमा भइरहेको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ४७ बजे

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन