इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु « Khabarhub

इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुनसरी – इटहरी – १० मा शुक्रबार साँझ दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको छ । तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ९ : २४ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन