एलन मस्कको नियन्त्रणमा ट्विटर « Khabarhub

एलन मस्कको नियन्त्रणमा ट्विटर


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सान फ्रान्सिस्को – अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले लामो कानुनी लडाइ र महिनौंको अनिश्चिततापछि सामाजिक सञ्जाल ट्विटर आफ्नोे नियन्त्रण लिएका छन् । उक्त सामाजिक सञ्जाल कम्पनीलाई उनले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका हुन् ।

एलन मस्कले प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालसहित अन्य दुई जना वरिष्ठ व्यवस्थापकलाई जिम्मेवारीबाट हटाएका छन् । गत अप्रिलमा उनले उक्त कम्पनी खरिदसम्बन्धी सम्झौता गरेका थिए । सम्झौतापछि उनी पुनः पछि हटेका थिए तर यसै महिनाको प्रारम्भमा फेरि कम्पनी किन्ने अभिरूची देखाएका थिए ।

कम्पनी र उनीबीचको कानुनी लडाइँलाई टुङ्ग्याउन डेलावेयरका न्यायाधीशले शुक्रबारसम्ममा सम्झौतालाई अन्तिम रूप दिन आदेश दिएा थिए । मस्कले कम्पनीको बोलपत्र तयार गर्नुअघि गत अप्रिलमा पराग अग्रवालसँग उनको झगडा भएको थियो । मस्कले कम्पनीलाई अब कसरी नेतृत्व गर्छन् भन्नेमा सबैको चासो बढेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : २४ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार