चार क्षेत्रको मतगणना जारी, कांग्रेस र एमाले दुई/दुई ठाउँमा अगाडि « Khabarhub

चार क्षेत्रको मतगणना जारी, कांग्रेस र एमाले दुई/दुई ठाउँमा अगाडि


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका १६५ सिटमध्ये १५८ क्षेत्रको नतिजा आइसकेको छ भने चार स्थानको मतगणना जारी छ।

ती चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुई/दुई ठाउँमा अगाडि छन्। एमालेका उम्मेदवार धनुषा-४ मा रघुवीर महासेठ र सुनसरी ३ मा भगवती चौधरीले अग्रता लिएका छन्।

सुनसरी-४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। संचार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि गणना अघि बढ्न सकेको छैन। त्यहाँ कार्की एमाले उम्मेदवार जगदिश प्रसाद कुसियैतभन्दा ९८ मतले मात्रै अगाडि छन्।

उदयपुर-१ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा.नारायण खड्काले अग्रता कायम राखेका छन्। खड्काले २१ हजार ८ सय ३३ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले २० हजार १ सय २० मत प्राप्त गरेकी छन् । गणनाको क्रममा मतपत्र बढी फेला परेपछि उत्पन्न विवादका कारण रोकिएको मतगणना त्यहाँ पनि सुरु हुन सकेको छैन।

दोलखा, बाजुरा र स्याङ्जा २ मा अझै मतगणना सुरु भएको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : २९ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर