कर्णालीमा सरकार बनाउन दुई दल मिल्नै पर्ने | Khabarhub Khabarhub

कर्णालीमा सरकार बनाउन दुई दल मिल्नै पर्ने


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा प्रदेश सरकार बनाउनका लागि दुई दल मिल्नै पर्ने भएको छ। प्रदेशसभामा २४ सिट रहेको कर्णालीमा पाँच सिट नेकपा एमालेको पोल्टामा परिसकेको छ। सत्तारुढ दलले १८ सिट जित्दै गर्दा एक स्वतन्त्रको समेत विजयी भएका छन्। १० क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले ९ सिटमा परिणाम आफ्नो पक्षमा पारेको छ। कांग्रेसले १२ स्थानमा उम्मेदवारी दिए पनि नौ सिट जितेको छ।  त्यस्तै  एकीकृत समाजवादीले दुई स्थानमा हार व्यहोर्नुपर्‍यो।

समानुपातिकतर्फको अन्तिम मतपरिणाम नआए पनि समानुपातिकबाट १६ जना छानिने कर्णाली प्रदेशमा हालसम्म एमाले एक लाख ८३ हजार ९५० मत ल्याएर पहिलो बन्दा उसले पाँच सिट पाउने देखिएको छ।

कांग्रेसले एक लाख ७० हजार ७५६ मत ल्याएको छ भने उसले पनि पाँच सिट पाउने देखिएको हो। नेकपा माओवादी केन्द्रले एक लाख ३७ हजार ६२९ मत पाउँदा चार सिट पाउने आंकलन छ। एकीकृत समाजवादीले ३५ हजार ८२६ भोट ल्याउँदै गर्दा  राप्रपाले २५ हजार १८६ भोट ल्याएको छ। यो भोटबाट एकीकृत समाजवादी र राप्रपाले एक/एक सिट पाउनेछन्। प्रत्यक्ष र समानुपातिक गरी ४० सिट रहेको प्रदेशसभामा कांग्रेस पहिलो दल, माओवादी दोस्रो दल बन्ने भएको छ।

एमाले तेस्रो दलका रुपमा आफूलाई उभ्याउनेछ। सरकार बनाउनका लागि कुल ४० सिटमध्ये २१ सिट आवश्यक पर्दछ। २१ सिट ल्याउनका लागि दुई दल मिल्नै पर्ने बाध्यात्मक अवस्था कर्णालीमा छ। अहिलेसम्मको समानुपातिक भोटकै आधारमा पाँच सिट एमाले, कांग्रेस ५ र माओवादीले ४ सिट पाउने देखिन्छ।

एकीकृत समाजवादी र राप्रपाले एक/एक सिट पाउने छन्। अहिले सत्तारुढ दलसँग २८ सिट रहेको छ। माओवादी प्रदेश अध्यक्ष विमला केसी भने सत्तारुढ गठबन्धनकै तर्फबाट सरकार निर्माण हुने बताउँछिन्। ‘चुनावमा सहयात्री दलकै अगुवाइमा सरकार बनाइन्छ। ‘कर्णालीको विकास र समृद्धिका लागि गठबन्धनमा आबद्ध दलहरूलाई कर्णालीका जनताले अभिमत दिएका छन्। त्यसलाई कार्यान्वयन गरेर हामी लैजान्छौं,’ उनले भनिन्।

मुख्यमन्त्रीका लागि माओवादीबाट विन्दमान विष्ट र राजकुमार शर्माको नाम चलिरहँदा एमालेबाट यामलाल कंडेल, विनोद कुमार शाहको नाम पनि चर्चामा छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १ : ०७ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले