संकटमा अर्थतन्त्र, नेताहरुमा सत्ता स्वार्थ मात्र ! « Khabarhub

पाँच वर्ष पहिले र अहिले

संकटमा अर्थतन्त्र, नेताहरुमा सत्ता स्वार्थ मात्र !

वाम र लोकतान्त्रिक गठबन्धनको उही र एउटै चुनौति आर्थिक समृद्धि


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पाँच वर्षअछि झण्डै दुईतिहाई बहुमत ल्याएका बेला वाम गठबन्धनका नेताहरुलाई सबैभन्दा पेचिलो प्रश्न तेर्सिएको थियो, अर्थतन्त्र संकट । किनभने त्यतिबेला अर्थतन्त्रको ढुकुटी रित्तो थियो । अर्थ सरोकारका विषयमा खरो टिप्पणी गर्ने हरि रोका भन्थे, ‘ढुकुटी रित्तो छ । ठूलो बहुमत ल्याएर देश कसरी चलाउँछौ ? जबकी देश चलाउन चाहिने अर्थतन्त्र डामाडोल छ ।’

रोकाले भनेजस्तै भयो पनि । माओवादी र एमाले मिलेर ल्याएको झण्डै दुईतिहाई बहुमतको बलमा केपी शर्मा ओली प्रधानमन्त्री बने । अर्थतन्त्रको डामाडोल अवस्थाबारे धेरै प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले दलीय कार्यकर्ता छाडेर राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बनाए ।

गैरसांसद रहेका उनलाई अर्थमन्त्री बनाएर ओलीले राष्ट्रियसभामा लिए । सांसद बनाएर फेरि दुई वर्ष गरेर झण्डै अढाई वर्ष ओलीले अर्थमन्त्री बनाए । अर्थमन्त्री बनाइएका खतिवडाले विदेशीबाट ऋण ल्याउनेबाहेक अर्थतन्त्र वृद्धि गर्ने अर्को कुनै ‘मिराकल’ देखाउन सकेनन् । जसकारण उनी पछि फालिए ।

तीन वर्षमा ओली सरकार ढल्यो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । अहिले पनि देउवा नै प्रधानमन्त्रीको कुर्सीमा छन् । उनकै नेतृत्वमा चुनावमा होमिएको वाम–लोकतान्त्रिक गठबन्धनले सरकार चलाउने बहुमत ल्याएको छ ।

कुनै पार्टीको बहुमत नआएँदा कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीलाई सरकार चलाउने बहुमत जनताले दिएका छन् । तर देउवा अहिले सरकार गठनको तयारी गर्दा अर्थतन्त्र डामाडोल छ । देउवा नै प्रधानमन्त्री रहेका बेला केही समय अघि नेपाल पनि श्रीलंका बनिसक्यो भनेर घोषणा गर्न मात्रै बाँकी थियो ।

भित्रभित्रै अर्थतन्त्र ‘खोक्रा’ भएका बेला देउवा त्यसको पर्वाह नगरी बसेर चुनाव सम्पन्न गरे । पाँच वर्षअघिको चुनाव सम्पन्न हुँदाको अवस्था जस्तो थियो, अहिले पनि ठीक उस्तै छ । आर्थिक वृद्धिदर बढ्न सकेको छैन । बरु झन् घट्दो अवस्थामा छ ।

वैदेशिक ऋण झन् बढ्दो छ । ऋणमुक्त हुने नेपालीको सपना सपनामै सीमित छ । वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ । तर त्यसले देशको ढुकुटी भर्न सकेको छैन । आम जनताको पेटमा जाने गाँस मात्रै केही मात्रामा गुजारा भएको छ ।

यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सही बाटोमा लैजाने ‘रोडम्याप’ के हो ? यसमा देउवाको योजना के छ ? खाली सत्ता र स्वार्थ भए पुगिहाल्ने स्वभावका प्रचण्डलाई अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन कति अग्रसर पार्न सकिन्छ ? माधव नेपाल कता के सोचिरहेका छन् ?

यस्तो अवस्थामा कम्तीमा भूकम्प, नाकाबन्दी र कोभिड महामारीपछि देश अहिले विस्तारै पुरानै लयमा फर्किने अवस्थामा छ । यो लय फर्किदा कति स्वतन्त्र भएर देश अघि बढ्छ ? नेताहरु गम्भीर भएर कसरी अगाडि बढ्छन् ? नेताहरुले के गर्छन् ?

अर्थशास्त्रीको योजनाअनुसार कसको नेतृत्वको सरकारले देशको अर्थतन्त्रलाई टेवा दिन्छ ? यी धेरै प्रश्न र चाँसोमा जनताको दैनिकी अघि बढिरहेको छ । तर बालुवाटारमा नयाँ सरकार गठनबारे दैनिक छलफल सुरु गरेका देउवा, प्रचण्ड र माधव नेपालको ध्यान त्यता गएको देखिदैन । अब पाँच वर्ष ढुक्कले प्रतिपक्षमा सीमित हुने ओलीले झन् त्यतातिर सोच्ने कुरै छैन ।

आखिर देशको अर्थतन्त्र कसरी उकालो लाग्छ ? कसरी सुध्रिन्छ ? आर्थिक समृद्धि कसरी हासिल हुन्छ ? यो केवल सोचनीय प्रश्न मात्रै बनेको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  २ : २७ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट