कर्णालीाका जिल्लामा १६ प्रतिशतसम्म मत बदर « Khabarhub

कर्णालीाका जिल्लामा १६ प्रतिशतसम्म मत बदर


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत ४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कर्णालीका विभिन्न जिल्लामा भएको मत बदर संख्या करिब १६ प्रतिशतसम्म रहेको पाइएको छ ।

सल्यानमा १३ हजार ६ सय १४ मत बदर भएको छ । ८३ हजार ७०४ मत खसेको सल्यानमा १६ प्रतिशत मत बदर भएको छ । निर्वाचन कार्यालयहरूले दिएको प्रारम्भिक तथ्यांकअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै आठ हजार ३ सय १८ मत बदर भएको छ ।

डोल्पामा करिब दुई हजार मत बदर भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक लाख ५४ हजार ८११ मत खसेकोमा आठ हजार तीन सयभन्दा धेरै मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । यो करिब ५.३७ प्रतिशत हुन आउँछ । पाँच वर्षअघिको निर्वाचनको तुलनामा बदर मतको दर घटे पनि कर्णालीमा मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ ।

निर्वाचन कार्यालय डोल्पाका अनुसार १७ हजार ८३७ मत खसेकोमा एक हजार ९९९ मत बदर भएको छ, जुन ११ प्रतिशभन्दा धेरै मत बदर हो ।

जाजरकोटमा ११ प्रतिशत मत बदर भएको निवार्चन कार्यालयले जनाएको छ । जाजरकोटमा प्रत्यक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशत मत बदर भएको पाइएको निर्वाचन कार्यालय जाजरकोटका निमित प्रमुख नवीन कठायतले जानकारी दिए ।

खासगरी मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरूले निर्वाचन तालमेल गरे पनि मतदातालाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेकैले मत बदर भएको सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ३० बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा