बिजुली नपुग्दा चितवनका चेपाङ बालबालिका अहिले पनि टुकी बालेर पढ्न बाध्य « Khabarhub

बिजुली नपुग्दा चितवनका चेपाङ बालबालिका अहिले पनि टुकी बालेर पढ्न बाध्य


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको इच्छाकामना गाउँपालिका १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ ।

इच्छाकामना गाउँपालिका १ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन । वडा नं ३, ४, ५ र ६ का केही भागमासमेत विद्युत् पुग्न सकेको छैन । वडा नं १ को छाप्राङ, भाराङ, ज्यान्दालालगायतका ठाउँका बासिन्दा टुकीकै भरमा छन् । वडा नं २ का डुम्किन, भोटेगाउँ, हपनी, माथिल्लो काउले जस्ता भागमा पनि बिजुली छैन ।

कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का धेरै भागमा विद्युत् पुग्न बाँकी छ । वडा नं ८ को बुङ्गखोला क्षेत्रमा पनि बिजुली पुगेको छैन । भरतपुर महानगरपालिका २९ का केही घरमा अझै बिजुली पुगेको छैन ।

इच्छाकामना गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विभागले विसं २०७५ साल कात्तिक १२ गते बोलपत्र आह्वान गरी काम लगाएको भए पनि ठेकेदारले काम नगर्दा परियोजना अलपत्र छ । विभागका निर्देशक विक्रम अमात्य दुई वर्षको मिति सक्किएपछि जनमुखी कन्स्ट्रक्सन–बागमती कङ्क्रिट जेभीलाई कारबाही प्रक्रिया अगाडि बढाएकोमा अदालत पुगेका कारण काम रोकिएको बताउँछन् ।

अदालतको फैसला कुर्नु परेकाले काम हुन नसकेको उनको भनाइ छ । ठेक्का आयोजना रु पाँच करोड सात लाखमा सकारेको कम्पनीले एक सय २० थान पोल झार्ने बाहेक केही काम नगरेपछि ठेक्का रद्द गरिएको छ । कम्पनीले पत्र बुझ्नुअघि नै अदालत गएपछि काम रोकिएको अमात्यले बताए ।

उक्त मुद्दाको पेशी मङ्सिर २० मा परेकाले यसपछि विकल्पको खोजी गरिने अमात्यको भनाइ छ । कालिका नगरपालिकामा विद्युतीकरणका लागि रत्ननगर वितरण केन्द्रले काम गरिरहेको छ । इञ्जिनियर विक्रम श्रेष्ठ मजदूरका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि प्राधिकरणले सामान दिन नसक्दा समस्या भएको बताउँछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ४२ बजे

माओवादी उपाध्यक्षमा सापकोटा र भुसाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष

पैसाका लागि अपहरणको नाटक, ६ पक्राउ

काठमाडौँ – एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन

नेपाललाई गरिने सहयोग प्राथमिकतामा छ : सामन्था पावर

काठमाडौँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) का प्रशासक

भारतबाट उद्धार गरिएका बालबालिका आफन्तको जिम्मा

काठमाडौँ – सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई भारतबाट

चिकित्सा सेवा आयोगमा विद्यार्थीको दिनभर धर्ना

काठमाडौँ – परीक्षामा सहभागी हुनका लागि फाराम भर्न पाउनुपर्ने माग