पाँच महिनापछि मेलम्चीको पानी सुरुङमा हालियो « Khabarhub

पाँच महिनापछि मेलम्चीको पानी सुरुङमा हालियो


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ ।

असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि उनले बताए ।

आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गर्नेछ । सुरुङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिनेछ । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् ।

वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायीरुपमा राजधानी आइपुगेको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवम् प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो । मेलम्चीको मुहानस्थलमा हेडवक्र्स् निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ४६ बजे

रवि लामिछानेको स्पष्टीकरण- सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा

कारबाहीमा परेका पूर्वआईजीपी कार्कीको मुद्दा दर्ता भएन 

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा

काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार

नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक

रुस–युक्रेन युद्धविरामका लागि आफ्नो पहल सार्वजनिक गर्दै मेलानिया ट्रम्प

काठमाडौँ– अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम