मकवानपुरमा ३१ हजारभन्दा धेरै मत बदर « Khabarhub

मकवानपुरमा ३१ हजारभन्दा धेरै मत बदर


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कुल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता शिक्षा अभावका कारण यस्तो भएका कारण देशका अन्य स्थानमा समेत ठूलो संख्यामा मत बदर भएका पाइएको हो ।  मकवानपुरमा यस पटकको तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जना मात्र मतदानमा सहभागी भएका थिए ।

मतदाता शिक्षा सञ्चालन भएपनि ठूलो संख्यामा मत बदर हुनु आश्चर्यजनक भएको निर्वाचन कार्यालयले उल्लेख गरेको छ । कार्यालयका अनुसार मकवानपुरका १० वटा स्थानीय तहका एक सय २२ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

यहाँ दुई निर्वाचन क्षेत्र छन् । जसमध्ये मकवानपुर १ राप्रपाका दीपक सिंह र मकवनापुर २ एमालेका महेस गर्तौला विजयी भएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ५६ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर