बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका ५ घर भई हाल काठमाडौं टोखा बस्ने ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेको भुम्लु गाउँपालिका १ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्दप्रसाद पराजुली रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले न्यौपानेलाई बालकुमारीबाट आइतबार र पराजुलीलाई भक्तपुरको चाँगुनारायणबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उच्च अदालत पाटनको १४ मंसिर २०७८ को फैसलाले बैंकिङ कसुर मुद्दामा देवीकृष्ण न्यौपानेलाई नौ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय र सोही अदालतको १५ साउन २०७९ को फैसलाले मुकुन्दप्रसाद पराजुलीलाई १५ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर गरेको थियो ।

उनीहरूले पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेकामध्ये न्यौपानेलाई जिल्ला अदालत ललितपुर र मुकुन्दप्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार