विश्वकपमा सर्बिया र क्यामरुनबीचको खेल ३–३ गोलको बराबरीमा सकियो « Khabarhub

विश्वकपमा सर्बिया र क्यामरुनबीचको खेल ३–३ गोलको बराबरीमा सकियो


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्बियालाई ३–३ गोलको बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चार्ल्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको दुई मिनेट अन्तरमा दुई गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लियो । स्ट्रहिन्जा पाभ्लोभिच र सर्गेई मिलान्कोभिच साभिचले गोल गरेका थिए ।

खेलको ५३ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गरेपछि सर्बियाले खेललाई ३–१ मा पु¥याएको थियो । यसपछि ६४ औं मिनेटमा क्यारुनका भिसेन्ट अबुबकारले खेललाई ३–२ को स्थितीमा ल्याए । त्यसको दुई मिनेटपछि इरिक म्याक्सिम चुपो मोन्टिङले क्यारुनलाई खेलमा ३–३ को अवस्थामा ल्याएका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड समान तीन अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । क्यामरुन र सर्बियाको भने समान एक अंंक छ ।

पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार व्यहोरेका थिए । क्यामरुनले अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ४० बजे

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार