विलासी वस्तुको आयात रोक्न बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको निर्देशन « Khabarhub

विलासी वस्तुको आयात रोक्न बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको निर्देशन


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई जोगाउन भन्दै गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् ।

यद्यपि उनले थप अत्यावश्यक वस्तु आयात गर्नुपर्नेमा भने जोड दिएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएकी हुन् ।

बैठकपछि बङ्गलादेशी मन्त्रिपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र डलरको तरलता सुधार गर्नका लागि आयात शुल्क बढाउन आग्रह गरेकी थिइन् ।

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरको तुलनामा कम रहेको बङ्गलादेशको केन्द्रीय बङ्गलादेश बैंक (बीबी) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यस पृष्ठभूमिमा, बङ्गलादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बङ्गलादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ ।

समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बङ्गलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।

आइएमएफले बहुप्रतिक्षित ४.५ अर्ब अमेरिकी डलर को ऋण सहायता जारी गर्न मार्ग प्रशस्त गर्न बङ्गलादेशसँग कर्मचारीस्तरको सम्झौता भएको पुष्टि गरेको छ ।

प्रधानमन्त्री हसिनाले गत महिना बङ्गलादेशमा रहेका सबैलाई सम्भावित विश्वव्यापी अनिकाल वा खाद्य सङ्कटबाट देशलाई जोगाउन खाली सबै जमिनमा खेती गर्न र थप खाद्यान्न उत्पादन गर्न एकसाथ काम गर्न आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ०५ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत