डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा « Khabarhub

डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन ।

अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण किसान मारमा परेका हुन् । गतवर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए । यस वर्ष किसान प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गर्न बाध्य छन् ।

भारतीय व्यापारी नआउँदा अदुवाले उचित मूल्य पाउन छाडेको बडीकेदार गाउँपालिका–४ रनुकाँडा सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए । गत वर्ष आफूले रु ५० हजार हात पारेको तर यस वर्ष २५ हजारको पनि अदुवा बिक्री गर्न नसकेको उनले जानकारी दिए । सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीको प्रवर्द्धन गर्दै आए पनि नेपालमा प्रशोधन केन्द्र नहुँदा भारतीय व्यापारीको भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

किसानका समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताए । साथै किसानले उत्पादन गरेको अदुवाको बजारीकरणका लागि सहजीकरण गर्न पालिका सरकार लागि परेको उनको भनाइ छ । सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीको प्रवर्द्धन गर्दै आएको छ ।

जिल्लाको दक्षिण क्षेत्र अदुवा उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा वार्षिक दुई सय क्विन्टलभन्दा बढीको अदुवा उत्पादन हुने बताइएको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिका अदुवा उत्पादन पकेट क्षेत्रको रुपमा छनोट गरीएको कृर्षि ज्ञानकेन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले स्थानीय सरकारसँग सहकार्य गरेर अदुवाको बजारीकारण गर्न पहल भइरहेको पनि बताए ।

गत वर्ष यस जिल्लामा सात सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएमा १३ हजार दुई सय ११ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष आठ सय ४५ हेक्टरमा अदुवा खेती गरिएकामा १४ हजार मेट्रिकटन अदुवा उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ३८ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको