कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक « Khabarhub

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कर्णाली-  शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकाशा भइसकेको बताएको छ । कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दीपा हमालले यस विषयमा स्थानीय सरकारबाट किताब पुग वा अपुग भएको सन्दर्भमा केही जानकारी नआएको बताए । उनले भने, “सञ्चार माध्यममा किताब अभाव भएको समाचार आइरहेको छ, तर यस विषयमा स्थानीय सरकारले हामीलाई कुनै जानकारी दिएको छैन । प्रदेश सरकारबाट भने किताब किन्नको लागि बजेट निकाशा भइसकेको छ ।”

पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन् । पुस्तकको लागि विद्यालयको खातामा रकम पठाइसकेको तर पुस्तक अभावको कारण विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी पुरी वनले बताए । “हामीले किताब किन्नको लागि बजेट विद्यालयमा पठाइसकेका छौँ ।” उनले भने, “पुस्तक अभाव भइरहेको भन्ने आइरहेको छ । यस विषयमा हामी जानकारी लिने छौँ ।”

यसैबीच, पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसी स्थानीय तह र विद्यालयबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गर्नुहुन्छ । तर जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय कार्यालयले भने कागजको अभावका कारण पुस्तक छपाइ हुन नसकेको जनाएको छ ।

मतपत्रको लागि भने निर्वाचन आयोगले कागज उपलब्ध गराएको हुनाले मतपत्रको छपाइ चाँडै र सहजै सम्पन्न भएको तर किताब छाप्नको लागि कागजको अभाव रहेको केन्द्रीय कार्यालयका प्रवक्ता चित्रकुमार आर्चायको भनाइ छ । कर्णालीका सामूदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक नपाउने समस्या वर्षेनी खेप्दै आएका छन् । कर्णालीको दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा–६ को विज्ञान, गणित र अङ्ग्रेजी विषयको छ हजार पुस्तक पुग्न नसकेको बताइएको छ भने कक्षा–८ को विभिन्न विषयको तीन हजार किताब पुग्न सकेको छैन । त्यसैगरी कक्षा–११ र १२ कक्षाको १२ हजार किताब पुग्न नसकेको जनाइएको छ । पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मेवारी पाएका निकायले भने एकले अर्कोलाई जिम्मेवारी भन्दै पन्छिने गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ११ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको