चितवन २ को विद्युतसम्बन्धी समस्या लिएर रवि पुगे प्राधिकरण « Khabarhub

चितवन २ को विद्युतसम्बन्धी समस्या लिएर रवि पुगे प्राधिकरण


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले सोमबार घिसिङसँग भेटवार्ता गरेको हुन् ।

भेटवार्तामा चितवनको ईच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ वडाका बिद्युत नपुगेको विषयमा रविले जिज्ञासा राखेका थिए । जवाफमा घिसिङले उक्त क्षेत्रमा यहि महिना भित्र क्रमश टेन्डर आव्हान गरि बिद्युत लाईन बिस्तार हुने बताएका लामिछानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

त्यस्तै आज नै लामिछानेले कृषि सामाग्रि कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था , भण्डारण र वितरणको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

लामिछानेकाे स्टाटस:

भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम शुरु हुन्छ। हामीले बुझेको राजनीति यही नै हो।
केही जानकारी बुँदागत रूपमा गराउन चाहन्छु।
१. मेरो निर्वाचन क्षेत्र चितवन( २ को ईच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ वडाका बिद्युत नपुगेका स्थानमा यहि महिना भित्र क्रमश टेन्डर आव्हान गरि बिद्युत लाईन बिस्तार हुने भएको छ । आज बिद्युत प्रधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङ ज्यु सँग तत्काल बिद्युत लाईन बिस्तार गर्न छ्लफल भएको छ । अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकि बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
२. चितवनका किसानले वर्षौ देखि भोगेको रासायनिक मलको अभाब अन्त्यका लागि आज कृषि सामाग्रि कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था , भण्डारण र वितरणको अवस्था निरिक्षण गरेको छु । दुबै भेटघाट निकै फलदायी बनेका छन् ।
३. कालिका नगरपालिकाको बिद्युत नपुगेको पहाडी भेगमा पनि अब तत्काल बिद्युत बिस्तार हुने छ ।

४. केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पुर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ३३ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य