प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक र असान्दर्भिक : किशोरसिंह राठौर « Khabarhub

प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक र असान्दर्भिक : किशोरसिंह राठौर


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बाँके- कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्नु अप्राकृतिक भएको बताएका छन् । प्रतिनिधिसभा बाँके क्षेत्र नं ३ बाट विजयी भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै राठौरले पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु अप्राकृतिक र असान्दर्भिक हुने बताए।

महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले भने, ‘महामन्त्रीद्वयजस्तै म पनि युवा हुँ। अझ उहाँहरूभन्दा म सिनियर पनि हुँ। निर्वाचनको मतपरिणाम नआउँदै प्रधानमन्त्रीको दाबी गर्दै हिँड्न सुहाउँदैन। यो सरासर गलत छ।

युवालाई नै प्रधानमन्त्री बनाउने भए पनि पार्टीमा छलफल र बहस चलाउनुपर्ने उनको धारणा थियो। ‘महामन्त्रीद्वय थापा र शर्माजीलाई कांग्रेसले पार्टी बनाउने जिम्मेवारी सुम्पेको छ। पहिले उहाँहरूले पार्टीलाई राम्रो बनाएर देखाउनुपर्यो। अनि मात्र हामीले उहाँहरूलाई विश्वास गर्ने ठाउँ रहन्छ,’ उनले भने, ‘सिनियरलाई पाखा लगाएर जुनियरले दाबी गर्न सुहाउँदैन। प्रधानमन्त्रीका लागि म पनि सक्षम छु, तर अहिले नै दाबी गर्ने पक्षमा म छैन।’

सहमहामन्त्री राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए। उनले सत्ता प्राप्तिका लागि कांग्रेसले गठबन्धन नगरेको दाबी गरे।

‘सत्तामा जाने प्रमुख विषय अहिले होइन, अहिले संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने वेला हो। संविधानको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन आवश्यक छ,’ राठौरले भने।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ११ : १७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार