मलेसियामा १३ नेपाली अलपत्र  « Khabarhub

मलेसियामा १३ नेपाली अलपत्र 



दोहा- रोजगारीका लागि गएका १३ नेपाली युवा मलेसियामा अलपत्र परेका छन्। ग्लोबल रिक्रुटमेन्ट प्रालि म्यानपावरका मेनेजर हरि घिमिरेमार्फत मलेसिया पुगेका सुनसरीका ९ र रुकुम पश्चिमका ४ जनासहित १३ जना अलपत्र परेका हुन्।

आफूहरू अहिले मलेसियाको निलाई ७ मा अलपत्र परेको पीडितहरूले बताएका छन्। १८ कात्तिकमा मलेसिया आएको अलपत्र मध्येका एक रुकुम चौरजहारी नगरपालिका वार्ड नं ११ का टेकबहादुर केसीले जानकारी दिए।

ग्लोबल रिक्रुटमेन्ट प्रालिलाई प्रति व्यक्ती २लाख ६० हजारदेखि २ लाख ८० हजारसम्म बुझाएका उनीहरूले ‘सम्झौता अनुसारको काम र तलब नपाएपछि विगत दुई महिनादेखि बन्द कोठामा कैदीबन्दी सरह बस्न बाध्य भएको’ बताएका छन्।

एजेन्ट तथा मेनपावरले नेपालबाट पटाउँदा ‘गल्फ क्याट कम्पनी हो। विश्वको महँगो खेल खेलाउने कम्पनी हो। काम हल्का हुन्छ। कसैलाई बल टिप्ने काम हुन्छ। कसैलाई सरसफाइ गर्ने हुन्छ भनेको थियो, तर यहाँ आइपुगेपछि भनेअनुसारको काम पाइएन।’ अर्का एक जनाले थपे, ‘हामीलाई मासिक तलब दुई हजार ६२ रिंगेट हुन्छ भनेर पठाएको थियो, अर्कै काम भनेर ल्याएको थियो अहिले यहाँ आएपछि जङ्गलमा घाँस कट्ने काममा लगाएको थियो,’टेक बहादुरले खबरहबसँग भने, हामी यस्तो काम गर्दैनौ भन्दा यो अवस्था सिर्जना भएको हो हामीले १३ दिन काम गरेको पैसा पनि पाएनौ।’

अहिले म्यानपावरले अर्कै काम खोजिदिने आश्वासन दिएको छ। ७ जनालाई एक ठाउँमा बाँकीलाई अर्को ठाउँमा लैजाने तयारी भइरहेको उनीहरूले सुनाए। हामीलाई काम खोजिदिनुस् कि नेपाल फर्काइदिनुहोस् भन्दा ससुराली आएको हो र? भनेर बारम्बार म्यानपावरले धम्क्याउने गरेको उनले गुनासो गरे।

आफूहरूलाई नेपालमा म्यानपावर कम्पनीले झुक्काएर सम्झौता पत्रमा हस्ताक्षर गराएको पीडितहरूले बताएका छन्। नेपाली दूतावासलाई समस्या सुनाउँदा पनि कुनै सुनवाइ नगरेको उनीहरूले बताए।

विगत लामो समयदेखि काम विहीन भएर बस्नु परेको भन्दै सकुशल स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, लगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

उनीहरूलाई म्यानपावरले भने पिआरएस फोरेस्ट म्यानेजमेन्ट एसडीएन बिएचडी कम्पनीमा एग्रिमेन्ट गरेर पठाएको भेटिएको छ। आफूले गर्ने काम के हो? तलब कति? भन्ने बुझेर गएको खण्डमा यस्तो समस्या नआउने सरकार बताउँछ। जाँदा जे काम पनि गर्छु भन्ने गएपछि काम नगर्ने प्रवृत्तिले समस्या दोहोरिइरहने गरेको देखिन्छ।

ग्लोबल रिक्रुटमेन्ट प्रालिका मेनेजर हरि छेत्रीलाई खबरहबले सोध्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।

यी हुन् मलेसियामा अलपत्र परेका १३ नेपाली
विवेक कुमार मण्डल
सुधीरकुमार पाल
कुन्दनकुमार पाल
दीपेन्द्रकुमार पाल
सन्देश राई
दीपकचन्द्र बंशी
देवनारायण यादव
भरतप्रसाद यादव
सन्तोष यादव
इन्द्रबहादुर ओली
टीकाराम भण्डारी
टेकबहादुर केसी
सुनिल शाह

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ०६ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।