जसपा संसदीय दलको नेता चयन गर्न आज मतदान « Khabarhub

जसपा संसदीय दलको नेता चयन गर्न आज मतदान


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ।

निर्वाचन तालिकाअनुसार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ।

१२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ। त्यसपछि दिउँसो २:३० देखि ३:३० बजेसम्म मतदान हुनेछ।

मिथिलेशकुमार सिंहको संयोजकत्वमा रहेको तीन सदस्यीय निर्वाचन समितिले मतरिणाम आजै सार्वजनिक गर्ने बताएको छ।

अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएपछि दलको नेतामा अशोक राई र राजकिशोर यादवले दाबी गरेका छन्। प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : ३८ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन